आन्दोलनरत लगानीकर्ता वार्ता गर्न अर्थ मन्त्रालयमा पुगे
काठमाडौँ । आन्दोलित लगानीकर्ता अहिले वार्ताका लागि अर्थ मन्त्रालय पुगेका छन् । ब्रोकर कार्यालयमा ताला लगाएर आफ्नो विरोध जनाएका लगानीकर्ताहरु वार्ताका लागि मन्त्रालय पुगेको लगानीकर्ता नयन बास्तोलाले बताएका छन् ।
अहिले करको विषयमा सरकार पक्षसँग छलफल हुँदैछ । विद्यमान पुँजीगत लाभकर (५ र ७।५ प्रतिशत) नै अन्तिम कायम गर्नुपर्ने भन्दै उनीहरु गत बिहीबार देखि सडकमा उत्रियका हुन् ।
सरकारले बजेटमार्फत र त्यसपछि आन्तरिक राजस्व विभागले पनि पुँजीगत लाभकर अन्तिम कर हो वा होइन भन्नेमा दुविधा उत्पन्न हुने गरी सूचनाहरु जारी गरेपछि लगानीकर्ता रुष्ट भएका छन् । समस्या समाधान नभएसम्म आन्दोलन जारी रहने उनीहरुले बताएका छन् ।
आज बिहान अर्थ मन्त्रीको घेराउमा पुगेका लगानीकर्ताालई अर्थ मन्त्रीले वार्ताका लागि अर्थ मन्त्रालयमा आउन लागि सन्देश पठाएका थिए ।