भारतबाट पेट्रोल र डिजेलको मूल्य बढेर आयो, हवाइ इन्धन र ग्याँसको भने घट्यो
काठमाडौं । भारतबाट इन्धनको मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको नयाँ मूल्य सूचीमा पेट्रोल र डिजेल दुवैको मूल्य वृद्धि भएको नेपाल आयल निगमले जनाएको छ । निगमकाअनुसार पेट्रोल प्रतिलिटर करिब २ रुपैयाँ ८ पैसा र डिजेल प्रतिलिटर २ रुपैयाँ ४ पैसाले बढेर आएको छ ।
यस्तै भारतबाट हवाइ इन्धन र ग्याँसको मूल्य भने घटेर आएको छ । हवाइ इन्धनमा प्रतिलिटर ७ रुपैयाँ मूल्य घटेर आएको निगमले जनाएको छ । यसैगरी, एलपी ग्याँसमा प्रतिसिलिन्डर ४९ रुपैयाँ मूल्य घटेर आएको छ ।
हरेक १५–१५ दिनमा आइओसीले नेपाल आयल निगमलाई इन्धनको मूल्यसूची पठाउँछ । सो अनुरुप बिहीबार पठाएको मूल्य बढेर आएको हो ।