नेपाल र भारतबीच अन्तरदेशीय डिजिटल भुक्तानी सम्झौता, क्युआर भुक्तानी गर्न सकिने
काठमाडौं । नेपाल भारतबीच नेपाल र भारतबीच अन्तरदेशीय डिजिटल भुक्तानी सम्झौता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा बिहीबार दुई देशबीच डिजिटल भुक्तानीको समझदारी भएको हो ।
दुई प्रधानमन्त्रीको भेटपछि आयोजित पत्रकार सम्मेलनमा नेपालको तर्फबाट सरकारी भुक्तानी प्रणाली सञ्चालक नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधान र भारतको तर्फबाट नेसनल पेमेन्ट कर्पोरेसन अफ इन्डियाका सीईओ रितेष शुक्लाले सम्झौतापत्र आदानप्रदान गरका थिए ।
यो सँगै नेपाल भारत बचि डिजिटल भुक्तानीको बाटो खुलेको छ । अब नेपाली नागरिकले भारतमा र भारतीय नागरिकले नेपालमा डिजिटल वालेट र मोबाइल बैंकिङको माध्यमबाट क्यूआर स्क्यान गरी डिजिटल भुक्तानी सक्ने छन ।