नेपाल टेलिकमको प्रतिशेयर ५५ रुपैयाँ नगद लाभांश पारित, माघ १ गतेदेखि नै वितरण गर्ने |
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को सञ्चालक समितिले प्रस्ताव गरेको प्रतिशेयर ५५ रुपैयाँ नगद लाभांश पारित भएको छ । कम्पनीको हिजो आइतवार सम्पन्न एघारौं वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०७४७५ को मुनाफाबाट उक्त मात्रामा लाभांश वितरण गर्ने भएको हो । लाभांश रकम आज सोमवारदेखि एनएमबी बैंकमार्फत शेयरधनीहरूलाई वितरण गर्न शुरू गरेको कम्पनीले जानकारी दिएको छ ।
सभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा लेखापरीक्षण समितिको सिफारिशबमोजिम आ.व. २०७५७६ का लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड एकाउण्टेण्ट अच्यूतराज जोशी र प्रकाशजंग थापालाई लेखापरीक्षकमा नियुक्त गरेको छ ।