नेपाल एसबीआई बैंकले १५.७९ प्रतिशत लाभांश दिने |
काठमाडौं । नेपाल एसबीआई बैंकले आफ्ना शेयरधनीहरूलाई १५.७९ प्रतिशतका दरले लाभांश दिने भएको छ । बैंकको हालै सम्पन्न २५औं साधारणसभाले ५ प्रतिशत बोनस शेयर र १०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
सभाले आ.व. २०७४७५ को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक प्रतिवेदन, आ.व. २०७४७५ को नाफानोक्सान हिसाब र सोही अवधिको नगदप्रवाह विवरण पनि पारित गरेको छ ।
बैंकले आ.व. २०७४७५ मा २७६.१७ करोड सञ्चालन मुनाफा र २०२.३५ करोड खुद मुनाफा हासिल गरेको छ । सभाले बैंकको सहायक कम्पनी ‘नेपाल एसबीआई मर्चेण्ट बैकिङ लि.’ को आ.व. २०७४०७५ को वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण पनि स्वीकृत गरेको छ । उक्त सभाले बैंकको प्रबन्धपत्र तथा नियमावलीका विविध दफानियममा संशोधन गर्ने प्रस्तावसमेत पारित गरेको छ ।
साथै, उक्त सभाले आ.व. २०७५७६ को लेखापरीक्षकमा मेशर्स पीकेएफ टी.आर. उपाध्याय एण्ड कं.लाई लेखापरीक्षकमा नियुक्त गरेको छ ।