सेञ्चुरी बैंकको तीनवटा प्रदेश कार्यालयहरूको स्थापना |
काठमाडौं । नेपाल राष्ट्र बैंकको नीतिअनुरुप सेञ्चुरी कमर्शियल बैंकले तीनवटा प्रदेश कार्यालयहरुको स्थापना गरेको छ । बैंकले प्रदेश नं १ का लागि विराटनगर, प्रदेश नं ३ का लागि ललितपुरको मानभवन र प्रदेश नं ५ का लागि भैरहवामा प्रदेश कार्यालय स्थापना गरेको जानकारी दिएको छ ।
यसअघि बैंकले गण्डकी प्रदेशमा पनि प्रदेश कार्यालयको उद्घाटन गरिसकेको छ । बैंकले हाल काठमाडौं उपत्यकामा १३ शाखा कार्यालय र ६ वटा एक्स्टेन्सन काउण्टरहरू र उपत्यकाबाहिर ९६ शाखा कार्यालय र २ वटा एक्स्टेन्सन काउण्टरहरू साथै १२ वटा शाखारहित बैंकिङ सेवा गरी जम्मा १२९ स्थानबाट आफ्ना ग्राहकहरूलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।