२० वटा सरकारी संस्था खारेज
काठमाडौं । दोहोरो कार्यक्षेत्र र औचित्य नभएका २० वटा सार्वजनिक संस्था खारेज हुने भएका छन्।
अर्थमन्त्री डा प्रकाशशरण महतले सोमबार आर्थिक बर्ष २०८०/८१ को बजेटमार्फत २० वटा सार्वजनिक संस्था खारेज गर्ने निर्णय गरिएको घोषणा गरेका हुन ।
उनले बजेटमा सार्वजनिक खर्च पुनरावलोकन आयोग २०७५ ले दिएको सुझाव बमोजिम औचित्य नभएका संस्थाहरु खारेज गर्ने र केहीलाई गाभ्ने निर्ण भएको उल्लेख गरेका छन्।