सुजुकी जिम्नी अफरोड एसयूभिको बिक्री सुरु हुँदै, नेपालमा पनि ल्याउने तयारी
गत जनवरीमा आयोजित दिल्ली अटो एक्स्पाेमा देखाइएको सुजुकीको नयाँ गाडी जिम्नीको भारतीय बजारमा बिक्री सुरु हुने भएको छ । भारतीय प्यासेन्जर गाडी बजारलाई नै आफ्नो पक्कडमा राखेको सुजुकीले आफ्नो नयाँ गाडी आगामी महिनादेखि बिक्री सुरु गर्ने जनाएको छ ।
यो गाडी दिल्ली अटो सोमा सबैभन्दा रुचाइएको गाडी मध्ये एक थियो । अटो सोमा देखाइएको चार महिनामा बजारमा आउन लागेको हो । जिम्नी नेपालमा पनि प्रतिक्षा गरिएको गाडी भएको कारण पनि उपभोक्ताको चासो धेरै छ ।
अगामी जुन ७ तारिखबाट भारतीय बजारमा बिक्री सुरु हुने बताइएको छ । अफरोड गाडीको रुपमा कम्पनीले उत्पादन गरेको यो गाडीको लुक्स र डिजाइन बोल्ड छ ।
कम्पनीका अनुसार बिक्री सुरु हुनुभन्दा अगाडि नै यो गाडीको बुकिङले उत्साह छाएको छ । बुकिङ राम्रो भएकाले यो गाडीले बजार लिड गर्ने कम्पनीको दाबी छ । भारतीय सञ्चार माध्यमका अनुसार जिम्नी अफरोड एसयुभी ४० हजार बढी बुकिङ भइसकेको जनाएका छन ।
कस्तो छ जिम्नी एसयूभी ?
कम्पनीले जिम्नी एसयूभिलाई अफरोडका लागि बजारमा उतारेको छ । यस अघि सुजुकीले सार्वजनिक गरेको ब्रेजा, ग्राण्ड भिटारा लगाएतका गाडी सर्वाधिक बिक्री भएका गाडी हुन । पहिलो अफरोड एसयुभीको रुपमा आएको जिम्नीको लुक्स बोल्ड छ । अग्लो ग्राउन्ड क्लियरेन्स, ठूला टाएर र बोल्ड डिजाइनले यो गाडीलाई आकर्षक बनाएको छ ।
६००० आरपीएममा १०३.३९ बिएचपी म्याक्स पावर, १३४.२ एनएम टर्क पावर दिने यो गाडीको ग्राउन्ड क्लियरेन्स २१० एमएम रहेको छ । १४ सय ६२ सीसीको यो गाडी १.५ लिटर नेचुरल्ली एस्पिरेटेड के १५ बी पेट्रोल इन्जिन हुने बताएको छ ।
४ स्पिड अटोमेटिक र फाइभ स्पीड म्यानुअल गियरबक्स रहने यो गाडीले प्रति लिटर १७ किलोमिटर माइलेज दिने बताइएको छ । ९ इन्चको टचस्क्रिन स्मार्ट प्ले प्रो प्लस इन्फोटेन्मेन्ट सिस्टम,इएसपी, हिल होल्ड असिस्ट, ६ वटा एयर ब्याग लगाएतका बिशेषता यो गाडीमा दिइएको छ ।
त्यसैगरी एबीएस, रियर भ्यु क्मेरा, हिल डिसेन्ट कन्ट्रोल लगाएत सुरक्षामा ध्यान दिइएको छ । भारतीय बजारमा जिम्नी गाडीको मुल्य १० लाख माथि नै पर्ने अनुमान गरिएको छ । दुई भेरियन्टमा आउने भनिएको यो गाडी नेपाली बजारमा पनि आउने बताइएको छ ।
यो गाडी नेपालमा सिजि मोटोकपले बिक्री बितरण गरिरहेको छ । नेपालमा जिम्नी सम्भवत दशैं तिहारलाई लक्षित गरेर नेपाली बजारमा ल्याउने तयारी गरेको छ ।