सनराइज बैंकको ११ प्रतिशत नगद लाभांश पारित, अध्यक्षमा मोतीलाल दुगड चयन |
काठमाडौं । सनराइज बैंक लिमिटेडले शेयरधनीलाई साढे ११ प्रतिशत नगद लाभांश दिने निर्णय पारित भएको छ । हिजो आइतवार सम्पन्न बैंकको ११औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।
सभाले पारित गरेबमोजिम बैंकले हालको चुक्ता पूँजीको सो मात्रा अथर्थात् ९३ करोड ७५ लाख रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने भएको छ ।
सभाले संस्थापक समूह ‘क’ तर्फबाट ३ जना सञ्चालक पनि निर्विरोध निर्वाचित गरेको छ । नवनिर्वाचित सञ्चालकहरूमा मोतीलाल दुगड, मालचन्द दुगड र ई. बच्छराज तातेड रहेका छन् । साथै, सभाबाट सर्वसाधरण समूह ‘ख’ तर्फबाट पनि ३ जना सञ्चालक शैलेन्द्र गुरागाई, शारदा शर्मा पुडासैनी र दीपक नेपाल निर्वाचित भएका छन् । त्यसैगरी सोही दिन बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा मोतीलाल दुगडलाई सवर्सम्मत रूपमा चयन गरिएको छ ।