नेपाल टेलिकमले भन्यो ‘टेलिकममा भ्याकेन्सी खोलिएको छैन,समाजिक सञ्जालको सूचना फेक’
काठमाडौं । नेपाल टेलिकमले कुनै पनि शाखाबाट कर्मचारी माग नगरेको बताएको छ । बुधबार एक सूचना जारी गर्दै टेलिकमले समाजिक सञ्जालमा गतल सूचना गइरहेको बताएको हो ।
सूचनामा भनिएको छ‘केही दिन यता नेपाल टेलिकमका विभिन्न शाखाहरुमा काम गर्न भ्याकेन्सी खोलिएको’ भनेर कम्पनीका पदाधिकारीहरुको नाम समेत जोडी विभिन्न फेसबुक ग्रुप र म्यासेन्जर तथा ह्वाट्सएप लगायतका सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह भएको सम्बन्धमा कम्पनीको गम्भीर ध्यानाकर्षण भएको छ’ ।
टेलिकमले कर्मचारी आवश्यकता सम्बन्धी सूचना कम्पनीले राष्ट्रिय दैनिक गोरखापत्र तथा कम्पनीको वेबसाइटमा मात्र आधिकारिक रुपमा सार्वजनिक गर्ने गरेकोले यस प्रकारका गलत सूचनाको भ्रममा नपर्न अनुरोध समेत गरेको छ ।
dhwPYL0tliqG2xy1KSq3cKU8RAIGoq4KJvHT0mzN