सेण्ट्रल फाइनान्सले दिने भयो ७ प्रतिशत नगद लाभांश |
काठमाडौं । सेण्ट्रल फाइनान्स लिमिटेडले आफ्ना शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने भएको छ । संस्थाको हालै सम्पन्न सञ्चालक समितिको बैठकले शेयरधनीलाई सो मात्राको अर्थात् ५ करोड ७६ लाख रुपैयाँ बराबरको नगद लाभांश दिने प्रस्ताव गरेको हो । संस्थाले गत आर्थिक वर्षको नाफाबाट उक्त नगद लाभांश दिने निर्ण गरेको हो ।
सञ्चालक समितिको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै शेयरधनीले उक्त लभांश पाउने कम्पनीले बताएको छ । हाल संस्थाको चुक्ता पूँजी ८४ करोड ७३ लाख रुपैयाँ रहेको छ ।