आशा लघुवित्तले आईपीओका लागि पायो स्वीकृति | केही दिनभित्रै आईपीओका लागि आवेदन आह्वान हुँदै
काठमाडौं । नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासनका लागि आवेदन गरेको आशा लघुवित्त वित्तीय संस्था लिमिटेडलाई स्वीकृति दिएको छ । प्रभु ग्रुपअन्तर्गत सञ्चालित उक्त कम्पनीलाई बोर्डले ६ करोड ७४ लाख रुपैयाँबराबरका ६ लाख ७४ हजार कित्ता आईपीओ निष्कासनका लागि अनुमति दिएको हो ।
कम्पनीले गतभदौ १७ गते आईपीओ निष्कासनका लागि बोर्डमा आवेदन दिएको थियो । उक्त लघुवित्तको प्रस्तावित पूँजीको ३२.५० प्रतिशत हो । अंकित मूल्यमा जारी गरिने उक्त शेयर विक्रीपछि लघुवित्तको चुक्ता पूँजी २० अर्ब ७४ करोड पुग्नेछ ।
धितोपत्र बोर्डबाट स्वीकृति पाएको दुई महिनाभित्र आईपीओ निष्कासन गरिसक्नुपर्ने कानूनी प्रावधान छ । त्यसैले लघुवित्तले केही दिनभित्रै आह्वानपत्र प्रकासन गर्ने सम्भावना छ ।