सुनको भाउ स्थिर रहँदा चाँदी तोलामा १०रुपैयाँ घट्यो
काठमाडौं । सुनको भाउ सोमबार स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार पनि छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि सोही मूल्यमा सुनको कारोबार भएको थियो ।
यसैगरी, सोमबार तेजावी सुनको मूल्य पनि स्थिर रहँदै तोलाको १ लाख ९ हजार ५०० रुपैयाँ निर्धारण भएको छ । यता, सोमबार चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेर १३ सय ७५ रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको भाउ प्रतितोला १३ सय ८५ रुपैयाँ कायम रहेको थियो ।