आजबाट संसदमा सरकारको नीति तथा कार्यक्रमका बारेमा छलफल सुरु हुने
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत शुक्रबार गरिसकेका छन् । अब यही नीति तथा कार्यक्रमका सम्बन्धमा प्रतिनिधि सभामा छलफल आज आइतबारबाट सुरु हुने भएको छे । छलफलका लागि आज बिहान ११ बजे प्रतिनिधिसभाको बैठक आव्हान गरिएको छ ।
नीति तथा कार्यक्रममा आधारित भएर बजेट अब बजेट आउनेछ । यसालई सरकारको कार्यदिशाका रुपमा समेत बुझिन्छ ।
आज आइतबारको बैठकमा प्रधानमन्त्री प्रचण्डले सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको छ । त्यसपछि नीति तथा कार्यक्रममाथि सांसदहरुबाट प्राप्त संशोधन प्रस्तावहरु पनि प्रस्तुत गरिनेछ ।
अर्थमन्त्री प्रकाशशरण महतले यही जेठ १५ गते संसदमा आर्थिक वर्ष २०८०–८१ को बजेट पेश गर्दैछन् ।