महालक्ष्मी र प्रभु लाइफ इन्सुरेन्सले जेठ २६ गते बोलाए विशेष सभा, मर्जर पस्ताव पारित गर्ने
काठमाडौ । मर्जर प्रस्ताव पारित गर्न महालक्ष्मी लाइफ र प्रभु लाइफ इन्सुरेन्सले जेठ २६ गते विशेष साधारण सभा बोलाएका छन् । जसमा महालक्ष्मीको सभा होटल अकामा, धुम्बाराही काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । यस्तै, प्रभुको सभा लैनचौर बैंक्वेट लैनचौर, काठमाडौंमा बिहान ११ बजेनै सुरु हुनेछ ।
दुवै कम्पनीको सभामा महालक्ष्मी र प्रभु एक आपसमा मर्ज हुने प्रस्ताव पेश हुनेछ । मर्जर पश्चात् प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको नामबाट कारोबार गर्ने एजेन्डा पनि छ । प्रभुको सभामा ९.८% बोनस सेयर र कर प्रयोजनको लागि ०.५१८% नगद लाभांश वितरण गर्ने एजेन्डा पनि छ ।
सभाले २ कम्पनी एक आपसमा मर्ज भएपश्चात अधिकृत पुँजी, जारी पुँजी तथा चुक्ता पुँजी बढ्ने हुँदा त्यसको लागि कम्पनीको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । दुवै कम्पनीको सभामा १ः१ अनुपातमा मर्ज हुने प्रस्ताव रहेको छ । सभा प्रयोजनको लागि प्रभु लाइफले जेठ १२ गते बुक क्लोज गर्दैछ । यसर्थ, जेठ ११ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् ।