प्रधानमन्त्री प्रचण्डले भने ‘क्यान्टोनमेन्टको छानबिनमा दोषी ठहरिए जेल जान तयार छु’
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले तत्कालीन माओवादी शिविरमा कुनै अनियमिमिता नभएको बताएका छन ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा राप्रपाका सांसद ज्ञानबहादुर शाहीले सोधेको लडाकु शिविरमा भएको भ्रष्टाचार बारेको प्रश्नको जवाफ दिँदै त्यसको छानबिनबाट दोषी ठहरिए जेल जान तयार रहेको बताएका हुन ।
प्रधानमन्त्रीले भने ‘क्यान्टोनमेन्टको कुरा कपोल्कल्पित छ । फेरि पनि छानबिन गरेर दोषी ठहरिए म जेल जान तयार छु।’
‘पूर्व माओवादी लडाकुलाई वितरण गरिएकै पैसामा भ्रष्टाचार भयो भन्ने आरोप मात्र हो । क्यान्टोनमेन्टको भौतिक पूर्वाधारको जिम्मा कसले लिए त्यसको रेकर्ड छ । त्यतिबेलाका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र अर्थमन्त्री डा.रामशरण महतले रुजु गरेपछि यो विषय पटाक्षेप भएको हो,’ प्रधानमन्त्री दाहालले भने, ‘यो राजनीतिक पूर्वाग्रहका हिसाबले अहिले उठाइएको छ । पटक(पटक यो विषय राजनीतिक आग्रहको आधारमा उठाइन्छ । त्यस्तो केही छ भने २०४८ सालदेखिको सबै भ्रष्टाचारका मुद्दामा छानबिन गर्न तयार छु।’