माघीमा कर्णाली प्रदेशले सार्वजनिक बिदा दिने |
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सबै जातजाति र वर्ग–समुदायलाई आर्थिक विकासमा केन्द्रित हुन आग्रह गर्दै आगामी माघ १ गते माघी पर्वमा सार्वजनिक बिदाको घोषणा गरेका छन् ।
नेपाल मगर सङ्घद्वारा आयोजित पाँचदिने मकर सकराती मेलालाई वीरेन्द्रनगरमा सम्बोधन गर्दै उनले अधिकारका नाउँमा आन्दोलन गर्न जरुरी नभएको बताए । उनले आन्दोलनको बलबाट प्राप्त संविधानले नै सबै वर्ग–समुदायको हक अधिकार सुनिश्चित गरेको उल्लेख गरे ।
सामाजिक विकासमन्त्री दल रावलले मगर बाहुल्य बस्तीका विद्यालयमा भाषा पाठशाला तथा मगर सङ्ग्रहालय स्थापना गर्न सरकार प्रतिबद्ध रहेको जानकारी गराएका थिए ।