कृषि विकास बैंकको २१.५ प्रतिशत लाभांश दिने घोषणा |
काठमाडौं । कृषि विकास बैंकले २१.०५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको ७२८औ सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट १५.०५३ प्रतिशत नगद लभांश र ६ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको हो ।
बैंकले नेपाल सरकारको नाममा रहेको फिर्ता नहुने अग्राधिकार शेयरका लागि पनि ६ प्रतिशत नगद लभांश दिने निर्णय गरेको छ । बैंकको साधारण शेयर ८ अर्ब ५० करोड रुपैयाँ रहेको छ भने नेपाल सरकारको अग्राधिकार शेयर ५ अर्ब ४३ करोड रुपैयाँ रहेको छ ।