आन्तरिक हवाई सेवाको भाडा दर घट्यो, अब कति भयो ? हेर्नुहोस् |
काठमाडौंं । नेपाल आयल निगमले हिजो बिहीवार रातिदेखि आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य घटाएसँगै आन्तरिक हवाई सेवाको भाडा दर पनि घटेको छ । आन्तरिकतर्फको हवाई दूरीको हिसाबमा १८५ देखि ३४५ रुपैयाँसम्म भाडा दर घटेको वायुसेवा सञ्चालकहरूको छाता संगठन नेपाल वायुसेवा सञ्चालक संघका प्रवक्ता घनश्याम आचार्यले जानकारी दिएका हुन् ।
प्रवक्ता आचार्यले भने, ‘पर्सि आइतवारदेखि लागू हुने गरी फ्युल सरचार्ज (इन्धन शुल्क) मा कम्तीमा १ सय ८५ रुपैयाँसम्म घटाइएको छ ।’
नेपाल आयल निगमले बिहीवार मध्य रातदेखि लागू हुने गरी १०४ रुपैयाँ ५० रुपैयाँ लिटर रहेको आन्तरिक हवाई इन्धनको मूल्य ९४ रुपैयाँ ५० पैसा कायम गरेको थियो । त्यसपछि आन्तरिक हवाई सेवाको भाडादर पनि घटाइएको प्रवक्ता आचार्यले जानकारी दिएका छन् ।
हेर्नुहोस् अबको नयाँ हवाई भाडा दर
माउण्टेन फ्लाइट ११,३००–
काठमाडौं–पोखरा ५०५०–
काठमाडौं–भरतपुर ३६५०–
काठमाडौं–विराटनगर ७५५०–
काठमाडौं–जनकपुर ४३००–
काठमाडौं–सिमरा ३१२०–
काठमाडौं–भैरहवा ६२००–
काठमाडौं–धनगढी १२,६५०–
काठमाडौं–नेपालगञ्ज १०,०००–
काठमाडौं–भद्रपुर ९१००–
काठमाडौं–तुम्लिङटार ६,०००–