सीईओ अन्प्लग २०१९ सम्पन्न | सिक्न, नेटवर्क बिस्तार र उद्यमी विचार साझेदारको एक प्रयास
काठमाडौं । ‘सीईओ अन्प्लग २०१९’ को चौथो संस्करण सम्पन्न भएको छ । देशको सबैभन्दा प्रभावशाली सीईओहरुद्वारा मानसिकता विकाशलाई प्रेरित गर्न ग्लोकल र किंग्स कलेजले सहकार्यमा आयोजना गरिएको कार्यक्रम सोल्टी होटलमा आयोजना गरिएको हो ।
‘टुडे मिट्स टुमारो’ को मुख्य विषयमा रही आयोजना गरिएको कार्यक्रममा देशको १५ प्रतिष्ठित उद्यमी उपस्थित भएका थिए । यस वर्ष १ सयभन्दा बढी इच्छुक सहभागीहरुले यस कार्यक्रममा सिक्न, नेटवर्क कायम गर्न र देशका प्रमुख उद्यमीहरुको साथ आफ्नो विचार साटासाट गर्न सहभागी भएका थिए ।
सो कार्यक्रममा मुख्य बक्ताको रुपमा सुरज बैद्यले आफ्नो धारणा प्रस्तुत गरेका थिए । आफ्नो जीवनको सिकाई र अनुभवबाट सिकेका अनुभूतिहरु उनले यस कार्यक्रममा बताए । जीवनमा सिक्ने प्रक्रिया कहिल्यै अन्त्य हुँदैन, जीवन साईकलका ती पाङ्ग्रा जस्तै हुन, जुन क्षण तपाई रोकिनुहुन्छ, त्यहि क्षण सोच्नुस हजुर लड्नु भयो, व्यवसाय पनि त्यस्तै हुन्छ । त्यसैले सिक्ने, नव रचना र नयाँ जोखिमहरू लिन कहिल्यै नछाडनुस ।
त्यस्तै गरी नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपक राज जोशीले पनि आफ्नो विचारहरु प्रस्तुत गरेका थिए । नेपाल सम्भावनाले भरिपुर्ण देश हो, तर हामीले समस्यामात्र देख्ने गरेका छौ । त्यसैले म हाम्रो देशका युवाशक्तिलाइ समस्याका साथसाथै सम्भावना पनि हेर्न अनुरोध गर्दछु । आफुमा परिवर्तन ल्याउनुहोस, इतिहासबाट सिक्नुहोस, बर्तमानमा खट्नु होस । यसरी नै आजले भोलिलाई पच्छ्याउने छ । पर्यटनमा युवाको योगदानका बारेमा बोल्दै उनले थपे ʽआन्तरिक पर्यटन बिना पर्यटन क्षेत्रको बिकास सम्भव छैन । त्यसैले युवा भएर सहरी क्षेत्रमा केन्द्रित नहुनु,आफ्नो देशको भूभाग नियाल्नुसʼ ।
तीन अलग–अलग प्यानलमा दर्शकहरुमाँझ अन्तरक्रिया भएको थियो ।