अपि पावरको खुद नाफा ७१.२३ प्रतिशतले घट्यो
काठमाडौँ । अपि पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्ममा कम्पनीले ५ करोड ३ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको तुलनामा नाफा ७१.२३% ले कम हो ।
गत आर्थिक वर्षको यसैअवधिमा कम्पनीको नाफा १७ करोड ५६ लाख रुपैयाँ रहेको थियो । चैत मसान्तसम्ममा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी पनि ४३ करोड ५० लाख रुपैयाँबाट घटेर ३६ करोड ९५ लाख रुपैयाँमा झरेको छ ।
विद्युत् बिक्रीबाट हुने आम्दानीमा कमि आउँदा यसको नाफामा असर परेको हो । यता, कम्पनीको अन्य आम्दानी भने ३० लाख रुपैयाँबाट बढेर ६० लाख रुपैयाँ पुगेको छ । हाल अपिको चुक्ता पुँजी ४ अर्ब १३ करोड रुपैयाँ रहको छ ।
जगेडा कोषमा ४ करोड ९७ लाख रुपैयाँ जम्मा रहेको छ । यसको प्रतिसेयर आम्दानी पनि ८ रुपैयाँ ४० पैसा (वार्षिक) बाट घटेर १ रुपैयाँ ६२ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १०१ रुपैयाँ २० पैसा छ ।