राष्ट्रिय बिमा कम्पनीको खुद नाफा १००.३० प्रतिशतले बढ्यो
काठमाडौँ । राष्ट्रिय बिमा कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ६८ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । नाफा गत वर्ष भन्दा १००.३०% ले धेरै हो । गत वर्ष यस कम्पनीले ३४ करोड २६ लाख रुपैयाँ नाफा कमाएको थियो ।
यता, कम्पनीको कर्जा तथा अन्य लगानीबाट हुने आम्दानीमा भने बढोत्तरी भएको छ । कम्पनीले कर्जा तथा अन्य लगानीबाट यो त्रैमासमा ६१ करोड ८६ लाख रुपैयाँ आम्दानी गरेको छ ।
गत वर्ष यसले कर्जा तथा अन्य लगानीबाट २८ करोड ५८ लाख रुपैयाँ आम्दानी गरेको थियो । यता, कम्पनीले बिमा कोषको आकार पनि १५.७०% ले बढाएर ३ अर्ब १ करोड रुपैयाँ पुर्याएको छ । गत वर्ष यसको बिमा कोषमा २ अर्ब ६० करोड रुपैयाँ रहेको थियो ।
चैत मसान्तसम्म यसले ३१ करोड रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । गत वर्ष यसले २४ करोड ५३ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।
हाल राष्ट्रिय बिमा कम्पनीको चुक्ता पुँजी २६ करोड ६६ लाख रुपैयाँ रहेको छ । यस कम्पनीको रिजर्भ कोषमा ३ अर्ब ७२ करोड रुपैयाँ छ । प्रतिसेयर आम्दानी ३४३ रुपैयाँ २५ पैसा (वार्षिक) रहेको यसको प्रतिसेयर नेटवर्थ १ हजार ४९८ रुपैयाँ ३२ पैसा छ ।