सिटिजन्स बैंक र अन्नपूर्ण केवलकारबीच समझदारी
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पोखरास्थित अन्नपूर्ण केवलकारबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले केवलकारमा २५% सम्मको आकर्षक छुट पाउनेछन् । साथै पोखरास्थित सिटिजन्स बैंकका शाखाहरmमा नयाँ खाता खोल्ने ग्राहकहरmका लागि अन्नपूर्ण केवलकारको टिकट निशुल्क उपलब्ध हुने छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।