प्रधानमन्त्री ओली र जापानी विदेशमन्त्री कोनोबीच भेटघाट |
काठमाडौं । नेपालको दुईदिने औपचारिक भ्रमणमा आएका जापानी विदेशमन्त्री तारो कोनोले आज बिहीवार प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज बिहान भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटघाटमा द्विपक्षीय हितलगायत विषयमा कुराकानी भएको प्रधानमन्त्री ओलीको सचिवालयले जानकारी दिएको छ ।
१८ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आएका जापानी विदेशमन्त्री कोनो बुधवार नै काठमाडौंमा मन्त्रीस्तरीय बैठकमा सहभागी बनेका थिए । मन्त्रीस्तरीय वार्तापछि दुई देशबीच सीधा हवाई उडान सम्झौता भइसकेको छ ।
कोनोले प्रधानमन्त्रीपछि राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेट्ने कार्यक्रम रहेको बताइएको छ ।