काठमाडौं–टोकियो सिधा हवाई सेवा सञ्चालन गर्ने सम्झौतापत्रमा भयो हस्ताक्षर |
काठमाडौं । अब नेपाल र जापानका दुवै देशका राजधानी एकआपासमा प्रत्यक्ष हवाई सेवाबाट जोडिने भएका छन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उनका जापानी समकक्षी तारो कोनो नेतृत्वको प्रनिधिमण्डलबीच हिजो बुधवार अपराह्न राजधानीमा भएको द्विपक्षीय वार्तामा त्यस्तो सहमति भएको हो । सोसम्बन्धी सहमतिपत्रमा दुवै देशका परराष्ट्र मन्त्रीले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौतासँगै अब नेपाल र जापानका राजधानीबीच सिधा हवाई सम्पर्क स्थापना गर्न सकिने भएको छ । त्यसैगरी, नेपाल र जापानको परराष्ट्र मन्त्रालयबीच सहयोग प्रवद्र्धन गर्नेसम्बन्धी द्विपक्षीय परामर्श संयन्त्र निर्माण भएको छ । दुई देशबीच पारस्परिक हित र चासोका विषयमा सहयोग र साझेदारी प्रवद्र्धनका निम्ति उक्त संयन्त्रले मार्गनिर्देश गर्नेछ ।