अरुण काबेली पावरको नाफा १४ करोड ३५ लाख रुपैयाँ
काठमाडौं । अरुण काबेली पावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १४ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ३५.३४% थोरै हो । गत वर्ष यसले २२ करोड २० लाख रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको कम्पनीको विद्युत बिक्रीबाट प्राप्त हुने आम्दानी पनि ४.६३% ले घटेर ५६ करोड ५० लाख रुपैयाँमा झरेको छ । गत वर्ष यसले ५९ करोड २५ लाख रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेको थियो ।
कम्पनीको कर्मचारीको लागि हुने खर्च पनि ५५ लाख १३ हजार रुपैयाँबाट बढेर १ करोड ५६ लाख रुपैयाँ पुगेको छ । विद्युत बिक्रीबाट हुने आम्दानी घट्दा र कर्मचारीको खर्च बढ्दा नाफा प्रभावित भएको छ ।
यता, कम्पनीको अन्य श्रोतबाट हुने आम्दानी भने बढाएको छ । गत वर्ष ३१ लाख १५ हजार रुपैयाँ अन्य श्रोतबाट आम्दानी गरेको यसले यो त्रैमासमा बढाएर ७४ लाख रुपैयाँ पुर्याएको छ ।
हाल अरुण काबेलीको चुक्ता पुँजी १ अर्ब ८५ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३५ करोड ४२ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी १० रुपैयाँ ३२ पैसा (वार्षिक) रहेको यसको प्रतिसेयर नेटवर्थ ११९ रुपैयाँ ०९ पैसा छ ।