युनिक नेपाल लघुवित्त करिब ६ करोड नोक्सानमा
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा युनिक नेपाल लघुवित्तले ५ करोड ९८ लाख ३० हजार रुपैयाँ नोक्सान व्यहोर्न परेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ७ करोड २७ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
खराब कर्जा चुलिंदा यस कम्पनी नोक्सानमा गएको हो । साथै, खुद ब्याज आम्दानी र सञ्चालन नाफा घट्दा खुद नाफामा दबाब परेको हो ।
खुद ब्याज आम्दानी १९.३१% ले घटेर १६ करोड ६४ लाख ११ हजार रुपैयाँ पुगेको छ । यस कम्पनीले ६ करोड २२ लाख ३ हजार रुपैयाँ सञ्चालन नोक्सना व्यहोर्न परेको छ । खराब कर्जा ६.३६% ले बढेर १०.२९% पुगेको छ । प्रतिसेयर आम्दानी पनि ५७ रुपैयाँ ५३ पैसा ऋणात्मक छ ।