एसियन लाइफ इन्सुरेन्सको खुद नाफा ५.८०% ले बढ्यो
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा एसियन लाइफ इन्सुरेन्सको नाफामा सामान्य विस्तार भएको छ । यसअवधिमा खुद नाफा ५.८०% ले बढेर १९ करोड ४७ लाख २२ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्षको यसैअवधिमा यसले १८ करोड ४० करोड ५४ लाख रुपैयाँ थियो । जीवन बिमा कोषको आकार १७.९४% ले बढेर ३६ अर्ब ५४ करोड ६३ लाख ८० हजार रुपैयाँ पुगेको छ ।
यता, खुद बिमा शुल्क आर्जन भने ०.७५% ले घटेर ५ अर्ब ८ करोड १२ लाख ६६ हजार रुपैयाँमा सीमित भएको छ । चैत मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ८ रुपैयाँ ९३ पैसा र प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ ०३ पैसा छ ।