छिमेक लघुवित्तले ९ महिनामा कमायो ८८ करोड नाफा
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा छिमेक लघुवित्तले ८८ करोड ६ लाख ५९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिको तुलनामा छिमेकको नाफा २२.८१% ले बढेको हो ।
यसअवधिमा संस्थाको खुद ब्याज आम्दानी २०.४४% ले बढेर २ अर्ब ११ करोड ७० लाख ५६ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ११.०७% ले बढेर १ अर्ब २४ करोड ४८ लाख १२ हजार रुपैयाँ पुगेको छ ।
खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै सुधार हुँदा खुद नाफा पनि बढेको हो । यता, चैत मसान्तसम्म छिमेकको वितरणयोग्य नाफा १ अर्ब ३० करोड ६२ लाख ४८ हजार रुपैयाँ रहेको छ । रिजर्भ कोषमा २ अर्ब ३९ करोड ७९ लाख रुपैयाँ जम्मा रहेको छ ।
चुक्ता पुँजी २ अर्ब ८३ करोड ५४ लाख २ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी (वार्षिक) २७ पैसाले बढेर ४१ रुपैयाँ ४१ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ भने २३२ रुपैयाँ ८ पैसा छ ।