५० एमपिको तीनवटा क्यामेरा र पाँच एनएम प्रोसेसरसँगै सामसुङले ल्यायो ‘एम–१४’
काठमाडौं । स्मार्टफोन ब्राण्ड सामसङले ५० एमपिको ३ वटा क्यामेरा, ६ हजार एमएएच ब्याट्री, पाँच एनएम प्रोसेसरको साथ अन्य विशेषताहरू भएको ग्यालेक्सी ‘एम–१४’ मोबाइल बजारमा उपलब्ध गराएको छ।
मोबाइलको बारेमा जानकारी दिँदै सामसङ नेपाल, मोबाइल बिजनेसका डाइरेक्टर प्रणय रत्न स्थापितले भने, ‘ ग्यालेक्सी एम सिरिजले सदैव हाम्रा ग्राहकहरूको माया प्राप्त गर्दै आएको छ । यही विरासत कायम राख्दै ग्यालेक्सी ‘एम–१४’, ‘फाइभ–जि’ मोडल प्रस्तुत गर्न पाउँदा हामीलाई गर्व महसुस भएको छ।’
ग्यालेक्सी ‘एम–१४’ ‘फाइभ–जि’ तीन आकर्षक रंगहरूमा उपलब्ध छ ( आइसाइ सिल्भर, बेरी ब्लू र स्मोकी टेल । ६ प्लस एक सय २८ जिबियुक्त ग्यालेक्सी ‘एम–१४’ ‘फाइभ–जि’ २४ हजार नौ सय ९९ मा उपलब्ध छ।
उक्त मोडल २०२३ मे ३ देखि देश भरका सबै सोरुमहरूमा बिक्रीका लागि उपलब्ध गराइएको छ।