मरीन ब्लु रंगको टिभिएस एनटर्क आरटि–एफआइ १२५ रेस एडिसन पोखरामा
काठमाडौं । पोखरामा टिभिएस एनटर्क १२५ रेस एडिसन नयाँ मरीन ब्लू रंगमा सार्वजनिक गरिएको छ ।
टिभीएस स्कुटर तथा मोटरसाइकलको लागि नेपालको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले सोमबार पोखरामा आयोजित ‘निर्भयाज वुमन इन कन्सर्ट’मा उक्त स्कुटरको लन्च गरेको हो ।
टिभिएस एनटर्क १२५ रेस एडिसनको नयाँ स्ट्राइकिङ मरीन ब्लु कलरमा समावेश चेकर्ड फ्ल्याग रेस–प्रेरित ग्राफिक्सले छुट्टै स्टाइल स्टेटमेन्ट बनाउने कम्पनी बताउँछ ।
स्मार्टएक्सनोटेक कनेक्टिभिटी प्ल्याट्फम मार्फत संचालित यस स्कुटरलाई टिभिएस कनेक्ट मोबाइल एप मार्फत सजिलै कनेक्ट गर्न सकिन्छ । यस स्कुटरले ६० भन्दा बढी सुविधाहरूका साथ पूर्ण रूपमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर प्रदान गर्दछ ।
टिभिएस एनटर्क १२५ रेस एडिसन १२४।८ सिसि, सिंगल–सिलिन्डर, ४–स्ट्रोक, ३–भल्भ, एयर–कूल्ड एसओइचसि, फ्युल इन्जेक्टेड इन्जिनले सञ्चालित छ ।
पास बाइ स्वीच, डुअल साइड स्टियरिङ लक, पार्किङ ब्रेक र इन्जिन किल स्विच जस्ता मुख्य विशेषताहरूले स्कूटरको सुविधा अझ बढाउँछ । यसका अतिरिक्त, टिभिएस एनटर्क १२५ रेस एडिसनमा बाह्य इन्धन भर्ने सुविधा, युएसबि चार्जर, ठूलो २०–लिटर अन्डरसेट स्टोरेज र टिभिएस प्याटेन्टेड इजेड सेन्टर स्ट्यान्ड रहेको छ ।
मरिन ब्लू कलरमा उपलब्द नयाँ टिभिएस एनटर्क १२५ रेस एडिसनको नेपाली बजारमा मूल्य २ लाख ९९ हजार ९०० रुपैयाँ रहेको छ ।