कोका-कोला बेभरेज नेपालको चार नयाँ वाटर स्टेवार्डशिप परियोजना
काठमाडौं । कोका–कोला बेभरेज नेपालले चार नयाँ परियोजनाहरू ल्याएको छ ।
कम्पनीले बालाजु पार्कको बाईसधाराको पुनरुत्थान, र वाश प्रणाली, पोखरा र भरतपुरमा रेन वाटर हार्वेस्टिङ र ग्राउन्ड वाटर रिचार्ज परियोजना सहित नयाँ वर्ष २०२३/२०२४ को परियोजना ल्याएको जनाइएको छ ।
त्यस्तै, वाटरएड नेपालको प्राविधिक सहयोगमा सेन्टर फर इन्टिग्रेटेड अर्बन डेभलपमेन्ट ‘सिआइयूडी’ सँग बाइसधारा–बालाजु पार्कका सुकेका ढुङ्गे धारालाई पुन प्रयोगमा ल्याउन रिचार्ज परियोजनाको लागि साझेदारी गरिएको हो ।
परियोजनामा रिचार्ज ट्रेन्च (रेन गार्डेन), २१ वटा रिचार्ज इनार, ढलान संरक्षण र सतह÷ सतह भन्दा मुनि ड्रेनेजको काम समावेश छ । परियोजनाले वन र पार्क क्षेत्रबाट वार्षिक ३० हजार के।एल पानी पुनःपूर्ति गर्ने लक्ष्य रहेको जसले शहरी पानीको बढ्दो मागलाई सम्बोधन गर्न मद्दत गर्नेछ जनाइएको छ ।
वाटरएड नेपालकी कन्ट्री डाइरेक्टर, तृप्ति राईले भने, ‘सबैका लागि खानेपानी र सरसफाइको उपलब्धता र दिगो व्यवस्थापन सुनिश्चित गर्ने दिगो विकासको लक्ष्य ६ को प्रतिबद्धता र लक्ष्यहरू पूरा गर्ने प्रगतिलाई गति दिन साझेदारी र सहकार्य आवश्यक छ । आविष्कारहरू र महत्वपूर्ण पहलहरू जस्तै कोका–कोला प्रणालीद्वारा वाटर स्टेवार्डसिपलाई ड्राइभ गर्ने समर्थनले हामीलाई हाम्रो लक्ष्यको नजिक पुग्न मद्दत पुर्याउने छ ।’
कम्पनीका अनुसार पहिलो परियोजना, पोखराको सैनिक आवासीय महाविद्यालयमा खानेपानी र हात धुने स्टेशनहरू स्थापना गरिनुको साथै रेन वाटर हार्वेस्टिङ प्रणाली स्थानपनामा सहयोग गर्ने छ ।
‘सिआइयूडी’ का कार्यकारी निर्देशक सुदर्शन राजभण्डारीले भने, ‘हाम्रो मिशन नेपालमा जीवन्त, उत्पादनशील, सहभागितामूलक र दिगो सहरहरू स्थापना गर्न अत्याधुनिक विधि र प्रविधिहरूको प्रवर्द्धन र सहजीकरण गर्नु हो । समुदायहरूले आउने धेरै वर्षसम्म लाभान्वित हुने क्षेत्रहरूमा पानीको समस्याका समाधानहरू कार्यान्वयन गर्नका लागि हामीले कोका–कोला बेभरेज नेपालसँग साझेदारी गर्न पाउँदा निक्कै आभारी छौं ।’
त्यसैगरी स्प्लाश नेपालसँगको अर्को परियोजना भरतपुरका ४ स्थानका चारवटा सामुदायिक विद्यालयमा वर्षाको पानी संकलन प्रणाली स्थापना गरि विद्यालय जाने बालबालिकालाई स्वच्छ खानेपानी उपलब्ध गराउने बताइएको छ । भने, काठमाडौंमा स्प्लास नेपालले बालाजु औद्योगिक क्षेत्रको चाइल्ड केयर फसिलिटी भित्र पिउने पानीको फिल्टर युनिट स्थापना गर्न मद्दत गर्नेछ ।
कोका–कोला बेभरेज नेपालका प्रबन्ध निर्देशक जी। दीपक सेन्थिलनाथले भने, ‘यी परियोजनाहरूले जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित भएका समुदायहरू विशेष गरि महिलाहरूलाई सशक्तिकरण गर्ने,विद्यार्थीहरूको लागि सुरक्षित पिउने पानीको पहुँच बढाउने र सबैको जीविकोपार्जनमा सुधार गर्ने सन्दर्भमा सामुदायिक दृढतालाई बढाउँछ । हामी हाम्रा सबै दिगोपन साझेदारहरूसँग नेपालका हाम्रा समुदायहरूका लागि सहकार्य गर्न पाउँदा गर्व गर्छौं ।’