बैशाख अन्तिममा नै मौद्रिक नीतिको समिक्षा गर्दै राष्ट्र बैंक
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैशाख अन्तिम सातासम्ममा चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्ने भएको छ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बुधबार आयोजित एक कार्यक्रममा राष्ट्र बैंकले बैशाख अन्तिमसम्ममा मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा गर्ने बताएका हुन।
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षामा उनले केही लचिलो नीति लिने संकेत गरेका छन्। स्पेश भएको ठाँउमा राष्ट्र बैंकले लचिलो नीति लिने संकेत उनले गरेका छन्।
“जुन नीति रिल्याक्स गर्दा रिस्क हुँदैन तर समग्र अर्थतन्त्रले राहात पाउँछ त्यसमा हामी जान्छौ।” अधिकारीले भने “सिस्टममा नै रिस्क आउने कुरामा भने हामी छुँदैनौ।”
जहाँ स्पेस छ ती नीतिहरुमा भने केहि लचिलो भएर अघि बढ्ने संकेत गभर्नर अधिकारीले गरेका छन्।
“हामीले बैंकरसँग सुझाव मागिसकेका छौ। उनीहरुले पाँच बुँदे सुझाव पेश गरिसकेका छन्। उद्योगीहरुबाट पनि आइरहेका छन्।” उनले भने “अर्थतन्त्रमा अफ्टयारो परेको ठाउँमा कुनै स्पेश छ भने राष्ट्र बैंकले कन्जुस्याई गर्दैन।”