कांग्रेसले गर्यो छायाँ सरकार बनाउने निर्णय |
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले छायाँ सरकार बनाउने निर्णय गरेको छ । मंगलबार बसेको संसदीय दलको बैठकले छायाँ सरकार बनाउने निर्णय गरेको नेता गगन थापाले जानकारी दिएका छन् ।
कांग्रेसले छायाँ सरकारका लागि मन्त्रालय रोजेर नाम पेश गर्न संसदहरुलाई आग्रहसमेत गरेको छ । एउटा मन्त्रालयमा कम्तीमा चार जना सांसद राख्ने तयारी भइरहेको बैठकपछि थापाले जानकारी दिए ।
छायाँ सरकारका मन्त्रीहरुले सरकारको कामको निगरानी राख्ने थापाले बताए । त्यसैगरी संसदीय दलको बैठकबाट विधेयकको बारेमा छलफल गर्न पार्टीको विज्ञ समूह गठन गर्ने निर्णयसमेत भएको छ ।
भोलिको संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफलका लागि बोलाइएको बैठकमा सभामुखसमक्ष प्रधानमन्त्रीलाई प्रश्न सोध्न नदिएकोबारे प्रश्न गर्ने निर्णय गरेको उनले बताए ।