श्रम विभागबाट सात जना विचौलिया पक्राउ |
काठमाडौं । प्रहरीले आज मंगलवार बिहान १० बजे काठमाडौं महानगरपालिका– १३, ताहाचलस्थित श्रम तथा वैदेशिक रोजगार विभागबाट ७ जना विचौलियालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी कार्यालय रानी पोखरीकी प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक पूजा सिंहका अनुसार महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले ती विचौलियाहरूलाई पक्राउ गरेको हो ।
उनीहरूले विभागमा श्रम स्वीकृतिका लागि आउने सेवाग्राहीहरूलाई विभिन्न प्रलोभन देखाई अनावश्यक हैरानी दिइरहेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । । यससम्बन्धमा आवश्यक थप अनुसन्धान कार्य भइरहेको छ ।