लक्ष्मी बैंकको नाफा ४७.३१% ले बढ्यो
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा लक्ष्मी बैंकको नाफामा ४७.३१% को वृद्धि देखिएको छ । यसअवधिसम्ममा बैंकको खुद नाफा १ अर्ब २६ करोड रुपैयाँ पुगेको छ ।
गत वर्ष यसैअवधिमा बैंकले ८५ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी ६४.०७% ले बढेर ४ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । गत वर्ष यसैअवधिमा यसले २ अर्ब ५५ करोड रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो । सञ्चालन नाफा पनि ५७.६१% ले बढेर १ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ । गत वर्ष उक्त नाफा १ अर्ब २६ करोड रुपैयाँ भन्दा धेरै थियो ।
बैंकको सञ्चालन नाफा र खुद ब्याज आम्दानीमा सुधार आउँदा नाफा बढ्न सहयोग पुगेको हो । चैत मसान्तसम्म आइपुग्दा बैंकको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ७ पैसाले बढेर १४ रुपैयाँ ६१ पैसा पुगेको छ ।
गत वर्ष प्रतिसेयर आम्दानी ९ रुपैयाँ ९१ पैसा थियो । यसको प्रतिसेयर नेटवर्थ पनि १५६ रुपैयाँ ३५ पैसा छ । लक्ष्मी बैंक हाल सनराइज बैंकसँग मर्ज प्रक्रियामा रहेको छ ।