सिटिजन्स बैंकको खुद नाफा २२.२४% ले घट्यो
काठमाडौं । सिटिजन्स बैंकको खुद नाफा घटेको छ । यस बैंकको खुद नाफा २२.२४% ले घटेर चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अन्त्यसम्ममा १ अर्ब २३ करोड रुपैयाँमा सीमित भएको हो ।
गत वर्ष यसले १ अर्ब ५८ करोड रुपैयाँ नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी १९.५४% ले सुधार भएपनि खराब कर्जाका लागि प्रोभिजनिङ बढेपछि सञ्चालन नाफा प्रभावित भएको छ । यसअवधिमा सिटिजन्सको सञ्चालन नाफा १९.२३% घटेपछि खुद नाफामा पनि गिरावट आएको हो ।
यता, चैत मसान्तसम्म यस बैंकको खराब बढेर ३.९६% पुगेको छ । गत वर्ष यसै अवधिमा भने १.७२% रहेको थियो । यस्तै, कस्ट अफ पनि बढेको छ । चुक्ता पुँजी १४ अर्ब २० करोड रुपैयाँ छ भने रिजर्भ कोष २१.३९% ले बढेर ५ अर्ब ९२ करोड नाघेको छ । बैंकको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ३२ पैसाले घटेर ११ रुपैयाँ ६१ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ भने १४२ रुपैयाँ ७२ पैसा छ ।