स्नातक तह प्रथम वर्षका वार्षिक परीक्षा एक साता पछि सर्यो
काठमाडौं । गत बैंशाख ४ गतेबाट शुरु भएको स्नातक तह प्रथम वर्षका वार्षिक परीक्षाहरु एक साता पछि सारेको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले यही वैशाख १० गते उपनिर्वाचन परेकाले उक्त निर्धारित समयको परिक्षा सारेको आज जारी गरेको सूचनामा जनाएको छ ।
त्रिविले जारी गरेको सूचनाका अनुसार वैशाख १० गते उपनिर्वाचन हुन लागेको भन्दै त्रिविले सो दिनका परीक्षा वैशाख १६ गतेलाई सारेको छ । वैशाख १० गते तनहुँ १, चितवन २ र बारा २ निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुँदैछ । यही दिन बिहान ७देखि १० बजे व्यवस्थापन संकायको फाइनान्स, एकाउन्ट, एकाउन्ट फर फाइनासियल एनालाइसि सोहि सेन्टरमा बैशाख १६ गते हुने छ ।
त्यस्तै, दिउँसो १२ बजेदेखि ३ बजेसम्म सञ्चालन हुने मानविकी संकायको अंग्रेजी, नेपाली, हिन्दी, नेपाल भाषा, मैथिली र संस्कृतको परीक्षा वैशाख १६ गते सोहि सेन्टरमा हुने छ ।