एभरेष्ट बैंकले आफ्ना नाफामा ६२.६३ प्रतिशत वृद्धि
काठमाडौं । एभरेष्ट बैंकले आफ्ना नाफामा ६२.६३ प्रतिशत वृद्धि गरेको छ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणमा यस्तो नाफा वृद्धि गरेको हो । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले २ अर्ब ४६ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
बैंकको खुद ब्याज आम्दानी ५९.३८ प्रतिशत, कुल सञ्चालन आम्दानी ३९.२१ प्रतिशत, सञ्चालन मुनाफा ६२.५९ प्रतिशत बढेको छ। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ३ अर्ब ३६ करोड ३३ लाख रुपैयाँ रहेको छ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी ९ रुपैयाँ २९ पैसा बढेर ३० रुपैयाँ ७४ पैसा पुगेको छ। गत आर्थिक वर्षको मुनाफाबाट १३ प्रतिशत बोनस शेयर वितरण गरी चुक्ता पूँजी १० अर्ब ६९ करोड पुर्याएको यस बैंकको जगेडा कोषमा १३ अर्ब ४६ करोड रुपैयाँ सञ्चित छ।