भिडियो गेमको भविष्य–‘एङ्ग्री बर्ड’को निर्माता किन्न ६२५ मिलियन डलरको डिल
काठमाडौँ । जापानी कम्पनीले ‘एङ्ग्री बर्ड’ निर्माता कम्पनी किन्न पैसाको खोलो बगाएको छ । भिडियो गेमको बजार बढ्दै जाँदा भिडियो गेममा जायन्त मानिने जापानी कम्पनी सोनिक द हेडगेहोङले पैसाको खोलो बगाएको हो ।
भिडियो गेम एङ्ग्री बर्डलाई यो दशककै सबैभन्दा चर्चित गेम मानिन्छ । एक दशकको अवधिमा सबैभन्दा धेरै पटक अर्थात १ बिलियन पटक डाउन्लोड भएको भिडियो गेम हो एङ्ग्री बर्ड । र, यो यतिधेरै पटक डाउनलोड हुने पहिलो भिडियो गेम समेत हो ।
यो गेम र यसको निर्माता कम्पनी किन्न जापानी कम्पनीले ६२६ मिलियन डलरको डिल गरेको हो । फिनल्याण्डको कम्पनी रोभियो इन्टरटेनमेन्ट अब जापानी कम्पनी सोनिकको स्वामित्वमा जानेछ । गत वर्षसम्मको अवधिमा रोभियोमा ५५० जना कर्मचारी काम गर्दै आएका थिए ।
यस्तै, रोभियको विश्वभर ८ वटा स्टुडियो रहेको बीबीसीले उल्लेख गरेको छ । यो डिलमा सम्झौता गर्दै जापानी भिडियो गेम निर्माता कम्पनीले भिडियोगेमको बजार आगामी दिनमा झनै बढ्दै जाने घोषणा गरेको छ ।
सन् २०२६ सम्म मोबाइल भिडियो गेमको बजार ५६ प्रतिशतले बढेर २६३ अर्ब डलरले उकालो लाग्ने प्रक्षेपण समेत कम्पनीले गरेको छ ।