रेल र पानीजहाजको टिकट काट्न पाइन्छ, आर्थिक वृद्धिदर आठ प्रतिशत पुग्छ ː प्रधानमन्त्री ओली |
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर ८ प्रतिशत पुग्ने दावी गरेका छन् । संसदको हिउँदे अधिवेसनमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलकुको आर्थिक सूचकाकंहरु सबै सकारात्मक बताएका छन् ।
सरकारका काम कारबाही बारेमा विभिन्न आलोचना र बहस भई रहेको बेला आफू तर्क र बहसमा समय नर्खचने भन्दै सम्बोधन शुरु गरेका प्रधानमन्त्रीले सरकारले गरेका प्रगतिको फेहरिस्त प्रस्तुत गरे ।
पानीजहाजको टिकट खोज्नेहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले धैर्य रहन आग्रह गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्री ओलीले टिकट खोज्नेहरुले पानीजहाज आउनेप्रति विश्वास व्यक्त गरेको रुपमा लिएका बताए ।
गत असार १४ गतेको एउटा कार्यक्रममा प्रधानमन्त्री ओलीले पुस १६ गते पानीजहाज चढेर कलकत्ता जान निम्ता दिएका थिए । तर, सो मितिमा पानीजहाज नचलेपछि सामाजिक सञ्जाल प्रयोगकर्ता तथा प्रतिपक्षी दलका नेताहरुले टिकट कहाँ पाइन्छ भनेर प्रधानमन्त्रीलाई सोधेका थिए ।
प्रधानमन्त्रीले संसदमार्फत त्यसैको जवाफ दिएका हुन् । मेरो सुझाब छ, धैर्य गरौं । रेल आउँछ, पानीजहाज पनि आउँछ । टिकट काट्न पाइन्छ, काउन्टर खुल्छ । त्यसको सूचना पनि हुन्छ । म साथीहरुलाई ढुक्क रहन आग्रह गर्न चाहन्छुु, उनले भने ।