लोक सेवाले माग्यो खरिदारका लागि ठुलो संख्यामा कर्मचारी
काठमाडौं । जगिर खोज्नेहरुको लागि खुसिको खबर छ । लोक सेवाले देशभरका लागि २४४ जना खरिदार माग गरेको हाे ।
लोक सेवा आयोगले देशभरका विभिन्न कार्यालयबाट प्राविधिक तथा स्वास्थ्य सेवा क्षेत्रमा चौथो तह खरिदारमा २४४ जना कर्मचारी माग गरेको छ । आयोगले आज सूचना जारी गर्दै देशभरका लोकसेवा कार्यालयबाट खरिदार पदका लागि कर्मचारी माग गरेको हो ।
उक्त्त सूचनाअनुसार लोकसेवा आयोग धनकुटा कार्यालयले ३३ जना कर्मचारी माग गरेको छ । त्यसैगरी, इलाम कार्यालयले १२ जना, खोटाङ कार्यालयले १५ जना, जलेश्वर कार्यालयले १२ जना, काठमाडौं कार्यालयले ५४ जना, हेटौंडा कार्यालयले १५ जना, पोखारा कार्यालयले १० जना र बाग्लुङ कार्यालयले ८ जना कर्मचारी माग गरेका छन् ।
त्यसैगरी, लोक सेवा आयोग बुटवल कार्यालयले १८ जना, दाङ कार्यालयले १८ जना, सुर्खेत कार्यालयले १० जना, जुम्ला कार्यालयले ७ जना, दिपायल कार्यालयले १० जना र महेन्द्रनगर कार्यालयले २२ जना कर्मचारी माग गरेका छन् ।
आयोगअनुसार परिक्षा लिखित, प्रयोगात्मक र अन्तवार्ता हुनेछ । आवेदनका लागि आयोगले ५ सय रुपैयाँ दस्तुर तोकेको छ । त्यसका समावेशी समूहतर्फक थप आवेदन बुझाउने उम्मेदवारको हकमा थप समूह प्रत्येकका लागि १५० रुपैयाँ लाग्नेछ ।
इच्छुक व्यक्तिले वैशाख १९ गतेसम्ममा दिन सक्नेछन् । त्यसमा दोब्बर दस्तुर तिरेर भने वैशाख २५ गतेसम्ममा आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।