चिनियाँ स्मार्ट फोन अनरको नेपाली बजारमा प्रवेश, चार मोडलका फोन बजारमा |
काठमाडौं । चीनको सबैभन्दा ठूलो टेलिकम कम्पनीको सहब्राण्ड अनरले नेपालमा आफ्ना स्मार्टफोनहरुको बिक्री शुरु गरेको घोषणा गरेको छ । अनरका लागि नेपालको आधिकारिक विक्रेता क्रातोस टेक्नोलोजी प्रालि रहेको छ ।
कम्पनीले नेपाली बजारमा अनर सेभेन एस, अनर सेभेन ए, अनर ऐट एक्स र अनर प्ले नामका ४ मोडलहरु भित्र्याएको छ । यी सबै मोडलहरु नयाँ वर्षसँगैं उपभोक्ताहरु समक्ष उपलब्ध हुन थालेको विज्ञप्तिमा उल्लेख छ ।
अनरले यसको मूल्य, डिजाइन र कार्य दक्षताबीचको सन्तुलनका साथ नयाँ अध्याय कायम गरिरहेको जनाएको छ ।