मूर्ति निर्माण तालिम सुरु
काठमाडौं । बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिद्वारा एक महिने मूर्ति निर्माण तालिम राजधानीमा सुरु गरेको छ ।
बुधवार तालिमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै समितिका कार्यकारी निर्देशक होमबहादुर दोङले कला संस्कृतिको संरक्षण नै सिर्जना हो । यो सीप सिकाइबाट पाएको ज्ञान अमूल्य हुने बताए ।
उनले भने‚ ‘तालिमपश्चात् कलाकार भएर निस्किने छ । अनुशासित भएर सिकेको ज्ञान नै उपयुक्त हुन्छ।’
गुम्बा विकासबाट लिएको सीप विदेशमा समेत प्रयोग भएको कार्यकारी दोङले जानकारी दिए । जसले देशको पहिचानसमेत चिनाएको उनको भनाइ थियो ।
तालिममा ठुलाले सानालाई सहकार्य गरी सीप साटासाट हुँदा थप ज्ञान बाँडिन्छ । जसले सान र मान पाइन्छ‚ उनले थपे ।
यस्तै उद्घाटन सत्रलाई सम्बोधन गर्दे समितिका योजना शाखा अधिकृत रामबाबु सापकोटाले तालिम अवधिभर अनुशासन‚ चाहनका साथ सिकेमा त्यसले आफूलाई पूर्णता दिने बताए । उनले यो तालिमलाई हेलचेक्र्याइँ गरेर आफूखुसी भएर सीप सिक्यो भने त्यो प्रभावकारी नहुने बताए ।
त्यस्तै तालिमका प्रशिक्षक भीम श्रेष्ठले तालिम अवधिभर टेक्निकल ज्ञानसहित मैले जानेसम्म सीप सिकाउने हुँदा यसमा अनुशासन भएर सिक्दा राम्रो हुने बताए ।
उनले मूर्तिको धेरै रूपहरू छन्, पर्फेक्ट मूर्ति बनाउन टेक्निकल सीप चाहिन्छ, त्यो मबाट सिक्न पाउने बताए ।
तालिममा सर्लाही, सोलुखुम्बु, ताप्लेजुङ, सङ्खुवासभा, धादिङ लगायतबाट १५ जनाको सहभागी रहेका छन् ।
तालिम आगामी २०८० सालको वैशाख २८ गतेसम्म चल्नेछ । समितिले गुम्बा व्यवस्थापन सम्बन्धी तालिम‚ प्रत्येक वर्षमा मूर्ति बनाउने तालिम‚ सोवा रिग्पा तालिम‚ थाङ्का लेखन तालिम‚ आनीहरुलाई सामाजिकीकरण गर्ने गोष्ठी लगायतका प्रशिक्षणहरू प्रदान गरिरहेका छन् ।