मानुषी लघुवित्तको वार्षिक केन्द्र प्रमुख गोष्ठी सम्पन्न

काभ्रे । बुधबार मानुषी लघुवित्तले वार्षिक केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । लघुवित्तका अध्यक्ष पद्माशना शाक्यले सभापतित्व गरेको कार्यक्रममा प्रमुख अतिथि काठमाण्डौ महानगरका उपप्रमुख सुुनिता डंगोलले पानसमा बत्ति बालेर कार्यक्रमको सुभारम्भ गरेकि हुन् ।
संस्थाको प्रमुख कार्यकारी अधिकृत शोभा बज्राचार्यले स्वागत मन्तव्य राख्ने क्रममा संस्थाको विगत र वर्तमान अवस्था बारे प्रकाश पारिन् । कार्यक्रममा प्रमुख अतिथि डंगोलले महिला सशक्तिकरणमा लघुवित्तले खेलेको भूमिकाको तारिफ गर्नुका साथै महिला उद्यमशिलताको विकासको लागि महानगरले गृहकार्य गरिरहेको बताइन् । विद्यमान लघुवित्तको समस्या र त्यसको समाधानको विषयमा कार्यक्रमका वक्ताहरुले बोलेका थिए ।
काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको मानुषी लघुवित्त नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजत पत्र प्राप्त राष्ट्रिय स्तरको संस्था हो । लघुवित्तको कालिमाटी शाखाले आजको कार्यक्रम आयोजना गरेको हो । २०७५ साल मंसीर १ गते स्थापना भएको लघुवित्तले देशभर १४ जिल्लामा ३६ शाखामार्पmत ३४,४३२ सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको तथा संस्थामा १३२ कर्मचारी कार्यरत रहेको जानकारी कार्यक्रममा दिइयो ।
आजसम्म संस्थाले ८४ करोड ८६ लाख बचत संकलन गरि १ अर्ब ५२ करोड लगानी गरेको छ ।
कार्यक्रममा उपस्थित केन्द्र प्रमुखहरुलाई दुई समुहमा विभाजन गरि लघुवित्तमा विद्यमान समस्या र समाधानका विषयमा छलफल चलाइएको थियो । गत वर्ष उत्कृष्ट कार्य गर्न सफल ३ केन्द्रलाई पुरस्कृत गरिएको कार्यक्रममा केहि सदस्यले आफ्ना सफलताका कथा समेत सुनाएका थिए ।