सीमा क्षेत्रमा भारतीय तरकारीको विषादी परीक्षण गरिने
काठमाडौं । सरकारले आयातित र स्वदेशमा उत्पादित तरकारी एवं खाद्य पदार्थमा जीवनाषक विषादी अवशेषको अधिकतम सीमा निर्धारण गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदन्तर्गत विषयगत समितिको प्रस्तावमा मंगलबार मन्त्रिपरिषद् बैठकले जीवनाषक विषादी अवशेषको अधिकतम सीमा निर्धारण गर्ने निर्णय गरेको हो ।
यसअघि सरकारले ०७७ सालमा स्याउ, केरा, करेला, भन्टा, बन्दा, गोभी, भिन्डी, आलु र टमाटरमा मात्र विषादीको अधिकतम सीमा तोक्न खाद्यपदार्थको गुणस्तर निर्धारण आदेश स्वीकृत गरेको थियो । अब भने आयातित एवं स्वदेशी सबै तरकारी र खाद्यान्नको विषादी सीमा तोकिने भएको हो ।