नेपाल टेलिकमको प्रबन्ध निर्देशकका लागि अधिकारी, अर्याल र आचार्यको नाम सिफारिस |
काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशकको लागि डिल्ली अधिकारी, संगीता पहाडी अर्याल र बुद्धिप्रसाद आचार्यको नाम सिफारिस भएको छ । सिफारिस भएकामध्ये अधिकारी, अर्याल र आचार्य तीनै जना नेपाल टेलिकम सम्बद्ध व्यक्ति हुन्।् । आचार्य यसअघि पनि टेलिकमममा प्रवन्ध निर्देशकका रुपमा काम गरिसकेका व्यक्ति हुन् ।
सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको सचिव महेन्द्रमान गुरुङको संयोजकत्वमा सरकारले गठन गरेको छनौट समितिले बिहीबार साँझ तीन जनाको नाम सिफासिर गरेको हो । प्रवन्ध निर्देशक बन्न ११ जनाले आवेदन दिएका थिए ।
अब यो सिफारिसलाई मन्त्रिपरिषदमा लगिने र तीन जना मध्ये एक जनालाई छनोट गरेर प्रवन्ध निर्देशक नियुक्त गरिनेछ । कामिनी राजभण्डारीलाई बर्खास्त गरेपछि यो पद हाल रिक्त छ ।
टेलिकममा प्रवन्ध निर्देशक बन्न ९ जनाले आफ्नो कार्ययोजनासहित प्रस्तुतीकरण राखेका थिए । सचिव महेन्द्रमान गुरुङ संयोजकत्वको समतिले ३ अधिकारी, पहाडी र आचार्यलाई छनोट गरेर सिफारिस गरेको सञ्चार मन्त्रालयले जानकारी दिएको छ ।
प्रवन्ध निर्देशक बन्न सानउल्लाह खान, विमल आचार्य, गोकर्णप्रसाद सिटौला, नगेन्द्रकुमार दास, चन्द्रमोहन झा, प्रदीपराज उपाध्याय, अनिल कुमार झा र रामदेव यादवले पनि इच्छा देखाएका थिए ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत मंसिर २९ गते प्रवन्ध निर्देशक नियुक्तिका लागि लागि आवेदन माग गरेको थियो ।