सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-३ मा आवेदन दिने समय थप
काठमाडौं । सिद्धार्थ क्यापिटलले चैत २६ गतेदेखि बिक्री खुला गरेको सिद्धार्थ इन्भेष्टेमन्ट ग्रोथ स्किम–३ मा आवेदन दिने समय लम्बिएको छ । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सिद्धार्थ इन्भेष्टेमन्ट ग्रोथ स्किम–३ मा बैशाख १० गतेसम्म आवेदन दिन सकिने भएको हो ।
क्यापिटलले १० वर्ष अवधिको १२ अर्ब रुपैयाँ बराबरको बन्दमुखी योजना बिक्री गरेको हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १२ करोड इकाई बिक्री गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् १ करोड २० लाख इकाई कोष प्रबद्र्धक सिद्धार्थ बैंकलाई, ५ प्रतिशत अर्थात् ६० लाख इकाई कोष व्यवस्थापक सिद्धार्थ क्यापिटललाई र बाँकी १० करोड २० लाख इकाई सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरेको हो ।
सय इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म खरिद गर्न सकिनेछ । क्यापिटलको फण्डमा पूर्ण आवेदन नपरेको हुँदा बैशाख १० गतेसम्म आवेदन दिन समय लम्बिएको छ ।
फण्ड निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । सो फण्डमा लगानीकर्ताले स्वीकृती प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।