एसएलआरले ल्यायो ग्यासको लिकेज न्यूनीकरण गर्न ‘म्याजिक लक’
काठमाडौं । एसएलआर टेक्नो एण्ड ट्रेड प्रालिले भारतीय कम्पनी म्याजिक लक डिसी प्रालीसँग एक सम्झौता गरेको छ । जसको उद्देश्य ग्याँस विस्फोट तथा लिकेज जस्तो जोखिम न्यूनीकरण गर्ने रहेको छ ।
उक्त प्रालिबाट सफल परीक्षण पश्चात् उत्पादित ‘म्याजिक लक’को नेपालका लागी आधिकारिक तथा विशेष वितरकको रूपमा सम्झौता गरेको हो । भारतमा उक्त म्याजिक लकलाई घरायसीको साथसाथै व्यापारिक क्षेत्रमा समेत उत्तिकै रुचाइएको छ ।
अध्ययन र खोजको आधारमा, सामान्य तह ८० प्रतिशत प्रमाणित एलपीजी सम्बन्धित भयावह घटनाहरू रेगुलेटर र चुलोमा जोडिने पाइपबाट हुने ग्यास चुहावटका कारण हुने गर्छ । बढ्दो आधुनिकरण र व्यस्तताको कारण सचेत र चनाखो रहँदा रहँदै यस्ता घटनाहरू भई रहेको र यसको केही हदसम्म न्यूनीकरणको प्रयास सदै रहेको देखिन्छ ।
भारतमा यही खोज र प्रयासको दौरान विकास भएको यो म्याजिक लक डिसी प्रालिका यस उत्पादनले सबै एलपीजी प्रयोगकर्ताले खोजेको पाइपबाट ग्यास लिक भई त्यसबाट भई रहेको मानवीय, भौतिक क्षति व्यहोर्नु पर्ने समस्याको समाधान प्रदान गरेको पाइएको छ । भारतीय समकक्षबाट प्राप्त गरेको यस उत्पादन सम्बधिको जानकारी र देशकै सर्वश्रेष्ठ एलपीजी वोतलर र एलपीजीको उपभोकको रूपमा यस प्रालिले गरेका गहिरो अनुसन्धान र सफल परीक्षणको आधारमा उत्पादनका प्रयोगकर्ताहरूलाई पाइपबाट हुने लिकेज र त्यसबाट हुने धनजनको हानीबाट सुरक्षा प्रदान गर्ने कम्पनीको भनाई रहेको छ ।
न्यूनतम लागतमा अधिकतम सुरक्षा प्रदान गर्ने यस उत्पादनले, छिट्टै बजार मात्र नलिई, धेरै नेपाली जनताको विश्वास जित्ने कुरामा प्रालि विश्वत रहेको छ । ग्यास लिक र यसबाट हुने हानी नोक्सानीको अवस्था ज्यादै भयावह रहने र हामी नेपालीहरू यस्ता घटना सदा झैँ सुन्दै भोग्दै आउनु परेको यर्थाथलाई मध्यनजर गर्दै यस्ता जोखिमलाई केही हद सम्म न्यूनीकरण गर्ने उद्देश्य लिएर यस उत्पादनलाई नेपाली बजारमा उपलब्ध गराइने कम्पनीले जनाएको छ ।