भोजपुर क्याम्पस र लक्ष्मी केयर्सलाई इसेवा मनि ट्रान्स्फरको सहयोग
काठमाडौं । इसेवा मनि ट्रान्स्फरले भोरपुरको भोजपुर बहुमुखी क्याम्पस र लक्ष्मी केयर्सलाई सहयोग हस्तान्तरण गरेको छ । एक कार्यक्रमका बीच कम्पनीले सामाजिक उत्तरदायित्व अन्तरगत दुवै संस्थालाई सहयोग गरेको हो ।
इसेवा मनि ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले संस्थाका अध्यक्ष प्रमेश केसी र महासचिव संकेत कोइरालालाई शुक्रबार टिभी र स्टेशनरी सामानहरू हस्तान्तरण गरेका हुन् ।
कम्पनीले शनिबार आयोजित एक कार्यक्रममा लक्ष्मी बैंकका कर्मचारीहरुद्वारा सञ्चालित लक्ष्मी केयर्सलाई ‘ओरेन्ज भाइब्स–कर्ड्स फर कज २०२३’ कार्यक्रममा आर्थिक सहयोग पनि गरेको छ ।
लक्ष्मी केयर्स ग्रीन इनिसियटिभ, गर्ल एजुकेसन र फाइनन्सियल लिट्रेसी क्षेत्रमा सक्रिय रहेको छ ।
स्थापनाको छोटो समयमै तीब्र गतिमा बजार विस्तार गरिरहेको इसेवा मनि ट्रान्स्फरले आफ्नो सामाजिक उत्तरदायित्वका कार्यक्रम अन्तरगत विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको छ ।